काठमाडौँ । साताको दोस्रो सोमबार पनि शेयरबजार घटेको छ । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक २१.५१ अंकले २ हजार ६ सय २९.४८ बिन्दुमा पुगेको हो । बजारमा आज १८८ वटा कम्पनीको ४ अर्ब रुपैया बराबरको ८२ लाख कित्ता शेयर कारोबार भएको छ ।
६० वटा कम्पनीको शृयर मुल्य बढ्दा १२२ कम्पनीको शेयरमुल्य घटेको छ भने बाँकी ६ कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । न्यादी हाइड्रोपावर र सामलिङ पावर कम्पनीको शेयर मसल्य ९.९९ प्रतिशतले बढेरसर्किट लेभलमा पुगेको छ ।
बजारमा आज म्युचुअल फण्ड र हाइड्रोपावर कम्पनीको शेयर मुल्य बढ्दा बाँकी सबै उपसमुहको मुल्य घटेको हो । लाभांश घोषणा गरेसँगै महालक्ष्मी विकास बैंकको सर्वाधिक ६१ बरोड कित्ता शेयर कारोबार भएकको छ । आज सर्वाधिक मुल्य घट्ने कम्पनीहरुमा आइसीएफसी फाइनान्स, चन्द्रागिरी हिल्स र मानुषी लघुवित्त वित्तीय संस्था आदी रहेका छन् । आइसीएफसी फाइनान्स, कम्पनीको शेयरमसल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।
FACEBOOK COMMENTS