काठमाडौं । पुँजी बजार सुधार सुझाव कार्यदलले नेपालको पुँजी बजारमा आम लगानीकर्ताको मनोबल बढाउन विद्यमान २५ करोड रुपैयाँको सीमा खारेज गर्न सुझाव दिएको छ ।
कार्यदलले तयार पारेको ‘पुँजी बजारमा आम लगानीकर्ताको मनोबल वृद्धिका लागि चाल्नुपर्ने प्रणालीगत तथा प्रक्रियागत सुधारसम्बन्धी अध्ययन प्रतिवेदन’मार्फत उक्त सुझाव दिइएको हो ।
कार्यदलमा प्राप्त विभिन्न सुझावहरूको विश्लेषण गरी कार्यदलले बैंक तथा वित्तीय संस्थाले व्यक्तिगत शेयर कर्जातर्फ लगाएको २५ करोड रुपैयाँको सीमा खारेज गर्न सुझाव दिइएको प्रतिवेदनमा उल्लेख छ ।
हेर्नुहोस् प्रतिवेदन–
FACEBOOK COMMENTS