काठमाडौं । सकारात्मकरूपमा आएको आगामी आर्थिक वर्षको बजेट र चालू आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षापछि पनि नेपालको शेयर बजार अपेक्षाकृत ढङ्गबाट बढ्न सकिरहेको छैन ।
बजेटपछि केही दिन घटेको बजार पछिल्लो बढ्ने क्रम सुरू भए पनि अपेक्षाकृत गति लिन सकिरहेको छैन । अपेक्षाकृत ढङ्गबाट बजार बढ्न नसक्दा लगानीकर्ताहरू अन्योलमा परेका छन् भने मुलुकको आर्थिक गतिविधिमा समेत प्रभाव परिरहेको छ ।
यसैबीच आज नेप्से परिसूचकमा आज सामान्य वृद्धि भएको छ । आज नेप्से २.८० अङ्कले बढेर दुई हजार ६५८ दशमलव ६६ विन्दुमा कायम भएको छ ।
आजको कारोबारमा विभिन्न ३१८ कम्पनीका ३ करोड ३६ लाख ३७ हजार ९६६ कित्ता शेयर १३ अर्ब १८ करोड ६९ लाख ४५ हजार ७४२ मा किनबेच भएको नेप्सेले जनाएको छ । पछिल्लो कारोबार दिनहरूमा कारोबार रकम दिन दिनै बढ्दै गइरहेको छ ।
आज पियोर पावरको शेयर मूल्यमा सकारत्मक सर्किट लागेको छ भने पिपुल्स पावरको शेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य ८.३७ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी अपर हेवाखोला हाइड्रोको शेयर मूल्य ७.५८ प्रतिशतले घटेको छ ।
आज सबै भन्दा बढी कारोबार सानिमा माई हाइड्रोको शेयर ९५ करोड १६ लाख कारोबार भएको नेप्सेले जनाएको छ ।
FACEBOOK COMMENTS