काठमाडाैँ। साताको दोस्रो कारोबार दिन साेमबार नेप्से परिसूचक २७.४१ अंकले बढेर २ हजार ६४५.३६ विन्दुमा पुगेको छ । तिनदिन लगातार उत्तारचढाबका बीच घट्दै आएको शेयर बजार यो दिन बढ्न पुगेको हो । धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका ३०७ कम्पनीको १ करोड ४ लाख १८ हजार कित्ता शेयर किनबेचहुँदा ५ अर्ब ३४ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
सर्वाधिक शेयर कारोबार हुने कम्पनीमा नेपाल फाइनान्स कम्पनी रहेको छ भने दोस्रो ठुलो कारोबार हुने कम्पनीमा समृद्धि फाइनान्स कम्पनी रहेकाे छ । कम्पनीकाे २४ करोड ७ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै लाइफ इन्स्योरेन्स कर्पोरेसन, जानकी फाइनान्स,पिपुल्स पावर कम्पनीको १५ करोड ९९ लाख रुपैयाँदेखि १९ करोड ८३ लाख रुपैयाँसम्मको कारोबार भएको छ ।
बढेको बजारमा दुई कम्पनीको शेयर मूल्य सर्किट लागेको छ । जानकी फाइनान्स र डोल्टी पावर कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो । त्यस्तै रिभर फल्स पावर,मेन्छियाम हाइड्रो पावर,मायाखोला जलविद्युत कम्पनीको शेयर मूल्य ६.९९ प्रतिशतदेखि ९.५४ प्रतिशतले बढेको छ ।
यो दिन पिपुल्स पावर कम्पनी,कालिन्चोक दर्शनस, समृद्धि फाइनान्स कम्पनी, वेन नेपाल लघुवित्त वित्तीय संस्था र नेपाल एसबीआइ बैंकको शेयर मूल्य २.६३ प्रतिशतदेखि ६.०२ प्रतिशतले घटेको छ । यो दिन कारोबारमा आएका १३ वटै समूहको सूचक बढेका छन् । फाइनान्स समूहमा लगानीकर्ता आर्षितहुँदा उत्पादनमूलक, जलविद्युत समूहको सूचकमा हरियाली छाएको छ ।
FACEBOOK COMMENTS