काठमाडाैँ । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक २२.१४अंकले बढेर २ हजार७६०.२१ विन्दुमा पुगेको छ । तिहारपछि उत्साहित बनेका लगानीकर्ता यतिबेला पुन :२ हजार ८ सय विन्दु पुग्ने प्रयासमा देखिएका छन् । यतिबेला सबै चाडपर्व सकिएको र बैंक तथा वित्तीय संस्थाहरुको लाभांश समय भएका कारणले पनि लगानीकर्ता बजारप्रति सकारात्मक भएको बजार विश्लेषकहरु बताउँछन् । यद्यपी कतिपय लगानीकर्ताहरु भने बजारले लामो करेक्सनपछि पुन उकालो लाग्दा अब दोस्रो बुलिश सुरु भएको पनि विश्लेषण हुन थालेको छ । यद्यपी अहिले नै बजारबाट त्यसको अनुमान लगाउन सकिदैंन ।
यो दिन धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका ३०२ कम्पनीको २ करोड ४५ लाख कित्ता शेयर किनबेचहुँदा ११ करोड ३१ लाख ५२ हजार रुपैयाँको कारोबार भएको छ । यो भदौं यताकै उच्च कारोबार हो । सर्बाधिक कारोबार हुने कम्पनीमा साहस उर्जा कम्पनी,हिमालयन रिइस्योरेन्स,अरुणभ्याली हाइड्रोपावर,सानिमामाइ हाइड्रो पावर, समृद्धि फाइनान्स कम्पनीको २१ करोड ७८ लाख रुपैयाँदेखि ३८ करोड १७ लाख रुपैयाँसम्म कारोबार भएको छ ।
६ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट
यो दिन ६कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीमा सर्पोट माइक्रोफाइनान्स,सामुदायिक लघुवित्त वित्तीय संस्था,गुराँश लघुवित्त वित्तीय संस्था,मानुषि लघुवित्त वित्तीय संस्था,समृद्धि लघुवित्त वित्तीय संस्था र माछापुच्छ्रे बैंकको शेयर मूल्यमा १० प्रतिशतले सर्किट लागेको हो ।
त्यस्तै योदिन इष्ट्र हाइड्रो पावर कम्पनीको शेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । त्यस्तै, समृद्धि फाइनान्स, सानिमा जी आइसी इन्स्योरेन्स,दिब्यश्वरी हाइड्रो पावर, स्याङ्गे हाइड्रो पावरको शेयर मूल्य ३.५० प्रतिशतदेखि ९.७१ प्रतिशतले घटेको छ ।
FACEBOOK COMMENTS