काठमाडाैँ । साताको बुधबार दिन नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १४.१२ अंकले घटेर २ हजार ७३४.८३ विन्दुमा आइपुगेको छ । अघिल्लोदिन नेप्से सूचक दोहोरो अंकले घटेको थियो । आइतबार र सोमबार उच्च अंकले बढेको बजार दुई दिनपछि पुन निरन्तर घटेर करेक्सनमा फर्किएको हो । लगानीकर्ताहरु अहिले बजार करेक्सन मात्र भएको दाबी गर्छन् । धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका ३०८ कम्पनीको १ करोड ५३ लाख ६२ हजार कित्ता शेयर किनबेचहुँदा ७ अर्ब ९१ करोड १९ लाख रुपैयाँको कारोबार भएको छ ।
सर्वाधिक कारोबार हुने कम्पनीमा जानकी फाइनान्स, पोखरा फाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक, समृद्धि फाइनान्स , पिपुल्स हाइड्रो कम्पनीको शेयर मूल्य १८ करोड २२ लाख रुपैयाँदेखि ३३ करोड ८६ लाख रुपैयाँसम्मको कारोबार भएको छ ।
दोहोरो अंकले घटेको बजारमा सप्तकोशी विकास बैंक, सिर्जनशील लघुवित्त संस्था,मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनी,पोखरा फाइनान्स र समृद्धि फाइनान्स कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । यो दिन कुथेलीबुखरी स्मेल हाइड्रो पावर कम्पनीको शेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । त्यस्तै, समाज लघुवित्त वित्तीय संस्था,एनएलजी इन्स्योरेन्स र बुटवल पावर कम्पनीको ३.६३ प्रतिशतदेखि ७.७४ प्रतिशतले घटेको छ ।
FACEBOOK COMMENTS