काठमाडाैँ। साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक ५१.११ अंकले घटेर २ हजार ७०२.६५ विन्दुमा आइपुगेको छ । नेप्से सूचक घट्दा लगानीकर्ता निकै आत्तिएका छन् । आज राष्ट्र बैंकले तीन महिनाको वित्तीय अबस्था सार्वजनिक गरेको थियो । यसले कर्जा प्रवाह हुन नसकेको लगानी बढ्न नसकेको र बैंकमा तरलता थुप्रिएको छ । यसले अर्थतन्त्रमा अझै पनि मन्दीबाट बाहिर निस्कन नसकेको संकेत गरेको छ ।
धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका ३१० कम्पनीको २ करोड २५ लाख लाख कित्ता शेयर किनबेचहुँदा १० अबए ४६ करोड रुपैयाँको कारोबार भएको छ । यो दिन सर्वाधिक कारोबार हुने कम्पनीमा न्यादी ग्रुप पावर, समृद्धि फाइनान्स कम्पनी,पोखरा फाइनान्स, पिपुल्स हाइड्रा पावर कम्पनी र सिंगटी हाइड्रो इनर्जीको २३ करोड ७५ लाख रुपैयाँदेखि ४६ करोड ६८ लाख रुपैयाँसम्मको कारोबार भएको छ ।
यो दिन आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । त्यस्तै नारायणी डेभलपमेन्ट बैंक,गुराँश लघुवित्त वित्तीय संस्था, युनिक नेपाल लघुवित्त वित्तीय संस्था र पोखरा फाइनान्सको ४.०४ प्रतिशतदेखि ७.२७ प्रतिशतले बढेको छ ।
उच्च अंकले घटेको बजारमा न्यादी गु्रप पावर, समृद्धि फाइनान्स, जानकी फाइनान्स, धौलागिरी लघुवित्त वित्तीय संस्था, मोलुङ हाइड्रोपावर कम्पनी ६.८५ प्रतिशतदेखि ९.२५ प्रतिशत रहेको छ ।
FACEBOOK COMMENTS