काठमाडाैँ। साताका मंगलबार दिन नेप्से परिसूचक ३३.४१ अंकले घटेर २ हजार ७१७.६६ विन्दुमा बन्द भएको छ । अघिल्लो दिन दोहोरो अंक अर्थात् १५ अंकले बढेको बजारलाई उत्तारचढाबका बीच नेप्से सूचक पुन २७ सयको मनोवैज्ञानिक विन्दुमा फर्किएको छ । त्यसमा पनि सोमबार लामो समयदेखि रिक्त रहेको नियामक निकायले अध्यक्ष पाएको छ । यसमा रोकिएका कतिपय नीतिगत कामहरु अघि बढ्ने अपेक्षाकाबीच पनि लगानीकर्ता उत्साहित भएको हुन् । रोकिएक आइपीओहरु अब धमाधम आउने छन् ।
यो दिन धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका ३१२ कम्पनीको १ करोड ४२ लाख कित्ता शेयर किनबेचहुँदा ७ अर्ब ४४ करोड रुपैयाँको कारोबार भएको छ । यो दिन सर्वाधिक कारोबार हुनेकम्पनीमा नेपाल फाइनान्स,न्यादी ग्रुप पावर,एनआरएन इन्फाष्ट्रचर, कर्णाली डेभलपमेन्ट बैंक र जानकी फाइनान्सको २२ करोड रुपैयाँदेखि ४५ करोड ७८ लाख रुपैयाँसम्मको सर्वाधिक कारोबार भएको छ ।
बढेको बजारमा सर्पोट फाइक्रोफाइनान्स वित्तीय संस्था,युनाइटेड मार्दी आरबी हाइड्रो पावर कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । त्यस्तैमिथिला लघुवित्त वित्तीय संस्था र अपर हेवाखोला हाइड्रो पावर कम्पनीको ८.८० प्रतिशतदेखि ९.६० प्रतिशतले बढेको छ । बढेको बजारमा थ्रिस्टार हाइड्रो कम्पनी,कर्णाली डेभलपमेन्ट बैंकको शेयर मूल्यमा १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । त्यस्तै सामुदायिक लघुवित्त वित्तीय संस्था,एनआइसी एशियाको ऋणपत्र र बेस्ट फाइनान्सको ६.१२ प्रतिशतदेखि८.४५ प्रतिशतले घटेको छ । यो कारोबारमा आएका १३ वटा समूहको सूचकमा १३ वटै समूहको सूचक बढेको छ । सर्वाधिक बढ्नेमा जलविद्युत, फाइनान्सको एक प्रतिशतभन्दा बढीले बढेको छ ।
FACEBOOK COMMENTS