काठमाडौँ । नेप्सेमा आज तीन पटक नकारात्मक सर्किट ब्रेक लागेपछि आजको कारोबार बन्द भएको छ ।
बिहीबार पहिलो पटक सर्किट ब्रेक लागेपछि शुरुमा २० मिनेटको लागि कारोबार बन्द भएको थियो भने ११:२३ बजे कारोबार पुन: सुरु भयो तर सुरु भएको एक मिनेट भित्र, नेप्से ५ प्रतिशतले घटेपछि नियम अनुसार ४० मिनेट कारोबार बन्द गरिएको थियो ।
त्यसपछि दिउँसो १२:०४ बजे कारोबार पुन: सुरु भयो, तर दुई मिनेट भित्रै, नेप्से ६ प्रतिशतले घटेपछि आजको लागि कारोबार स्वत: बन्द भएको छ । आज बन्द नेप्से १६०.३३ अंकले घटेर २५११.९१ विन्दुमा रोकिएको छ ।
यो पनि पढ्नुहोस्-
शेयर बजारमा यस्ता छन् सर्किट ब्रेकरको नियम, आजको कारोबार पूरै बन्द हुने सम्भावना
जेन्जीले दलाल र भ्रष्टाचारीलाई बढारेपछि शेयरबजारमा नयाँ बिहानीको आशा
FACEBOOK COMMENTS