काठमाडाैं। अर्थशास्त्री तथा पूर्व योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलले जतिसुकै विद्धानले पनि शेयर बजारको अनुमान गर्न नसक्ने बताएका छन् । सामाजिक संञ्जालमा लेख्दै उनले यस्तो बताएका हुन् । उनले शेयर बजारमा लगानी गर्दा राम्रोसँग हेरेर, होसियार भएर, आफुले सक्नेसम्म जोखिम लिएर मात्र लगानी गर्नुपर्ने बताए ।
उनले लेखेका छन्,‘ सन १९२९ को ग्रेट डिप्रेसनताका अमेरिकाका त्यसबेलाका सवैभन्दा प्रख्यात मानिने अर्थशास्त्रका प्राध्यापक अर्विङ फिशरले आफ्नो लगभग सारा सम्पत्ति शेयर बजारमा गुमाएका थिए। यसको अर्थ के भने जतिसुकै विद्वानले पनि शेयर बजार अनुमान गर्न सक्दैन। व्याजदर घट्दा, कुनै कम्पनिले नयाँँ काम लाग्ने उपकरण आविष्कार गर्दा, उत्पादनको वस्तुको लागि नयाँँ बजार फेला पर्दा शेयर केही बढ्छ भन्ने विश्वास गर्दा फरक नपर्ला तर त्यत्तिकै यती पुग्छ र उती पुग्छ भन्नेहरु र रत्नपार्कतिर हात हेरेर तपाईंको उमेर बताउनेहरु उस्तै हुन्।’