काठमाडाैँ । केही दिनदेखि नेपालको पूँजी बजार अप्राकृतिक ढंगलबाट घटाइएको भन्दै चार लगानीकर्ता संगठनले आपति जनाएका छन्। जनरल इन्भेष्टर एसोसियसन नेपाल सेयरधनी संघ ,नेपाल धितोपत्र लगानीकर्ता संघ, सधारण लगनीकर्ता संघ नेपालले बुधबार विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् । विज्ञप्तिमा भनिएको छ,‘ पूँजी बजार यसरी अप्राकृतिक ढङ्गबाट घट्नुपर्ने कुनै मौलिक तथा तथ्यपरक आधारहरू छैनन् ।
यस सम्बन्धमा लगानीकर्ताहरूले धितोपत्र बोर्ड अर्थ मन्त्रालय, नेपाल स्टक एक्सचेन्जमा आफ्ना गुनासाहरु राखिसकेकोले तत्काल छानबिन गर्न हामी सम्बन्धित निकायसँग जोडदार माग गर्दछौं।’ पुँजी बजारलाई स्वतन्त्र र निष्पक्ष ढङ्गबाट सञ्चालन गर्नको लागि र आम लगानीकर्ताको अधिकारको सुनिश्चितताको लागि नियमनकारी निकायबाट यथाशीघ्र पहल गर्न समेत विज्ञप्तिमा उल्लेख छ ।