काठमाडाैं । पछिल्लो समय नेपालमा शेयर घट्दो क्रममा रहेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से ) परिसूचक घटिरहेको अबस्थामा भारतको शेयर बजारले भने नयाँ रेकर्ड बनाएको छ । भारतको दुई स्टक एक्सचेन्ज बीएसी सेनेक्स ८३ हजार ७९ विन्दुमा पुगेको छ भने अर्को स्टक एक्सचेन्न निफ्टी ५०, २५ हजार ४१८ विन्दुमा अघि बढिरहेको छ । पछिल्लो समय भारतको सबैभन्दा ठूलो प्रमुख उत्पादक कम्पनी ग्रेविटा इन्डियाले आफ्ना शेयर धनिहरुलाई उल्लेखनीय प्रतिफल दिएको छ । जसले शेयर बजारलाई उचाल्न ठूलो मद्दत पुगेको देखिन्छ ।
चार महिनाअघि प्रतिसेयर ९७७ रुपैयाँ मूल्य रहेको उक्त सेयरको मूल्य १७० प्रतिशतले बढेर २ हजार ५ सय ८५ रुपैयाँ पुगेको छ । यो बृद्धिले गत तीन वर्षमा स्टकलाई १२२० प्रतिशतले बढाएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । यता नेपालको शेयर बजार भने ३ हजारको विन्दुमा पुगेर पुन तलै झरेको छ । कारोबार रकम घट्दो गतिमा छ भने लगानीकर्ताहरु अलिअलिक भए पनि नाफा बुक गर्ने होडमा देखिएका छन् । नेप्से सूचक २६ सयको विन्दुमा आइपुगेको छ ।
FACEBOOK COMMENTS