काठमाडौँ । दशैंअघिको सेयर बजार सामान्य अंकले घटेको छ । दशैंको बिदाअघिको अन्तिम दिन अर्थात कार्त्तिक २ गते बिहीबार खुलेको सेयर बजार ४.०५ अंकले घटेर बन्द भएको हो ।
यससँगै सूचीकृत कम्पनीको सेयर मूल्य मापक नेप्से परिसूचक ०.२१ प्रतिशतले घटेर १९०३.८४ बिन्दुमा झरेको छ ।
बजारमा परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । बिहीबारको बजारमा भने एक अर्बको पनि सेयर कारोबार भएको छैन । २८४ वटा स्क्रीप्सको ९७ करोड ६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
सबैभन्दा बढी कारोबार गर्नेको शीर्ष स्थानमा अधिकांश वाणिज्य बैंक रहेका छन् । नबिल बैंकको ५ करोड ९० लाख रुपैयाँ बराबरको संस्थापक सेयर कारोबार भएको छ । त्यस्तै, प्रभुको ५ करोड १५ लााख ३७ हजार रुपैयाँ बराबरको संस्थापक सेयर किनबेच भएको छ । त्यसैगरी नबिल बैंकको ३ करोड ९० लाख रुपैयाँ बराबरको साधारण सेयर कारोबार भएको छ ।
यता टप गेनर्सको शीर्ष स्थानमा सिटिजन्स म्युचुअल फण्ड २ रहेको छ । जसको इकाई मूल्य ५.८७ प्रतिशतले बढेर प्रतिइकाई ७.५७ रुपैयाँ पुगेको छ ।
बजारमा कारोबारमा आएका १३ समूहमध्ये तीन समूह हरियादेखिएका छन् भने बाँकी समूह राताम्मे देखिएका छन् । बैंकिङ्ग, इन्भेष्टमेन्ट, म्युचुअल फण्ड र अन्य सूमह सामान्य अंकले बढ््दा बाँकी समूह घटेका छन् ।
अधिकांश कम्पनीको सेयर मूल्य घटेको बजारमा अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको सेयर मूल्य भने सर्वाधिक अर्थात ८.२५ प्रतिशतले घटेको छ । कम्पनीको सेयर मूल्य सो प्रतिशतले घटेर प्रतिकित्ता २४७ रुपैयाँमा झरेको छ ।
FACEBOOK COMMENTS