काठमाडौं । मौद्रिक नीतिपछि खुलेको शेयर बजारमा आज आइतबार एक मिनेटमै सर्किट ब्रेक लागेको छ ।
एक मिनेटमै चार प्रतिशतले नेप्से परिसूचक बढेपछि सर्किट ब्रेक लागेको हो ।
पहिलो सर्किट ब्रेक लाग्दा नेप्से परिसूचक १०२.६८ अंक बढेर २६७० अंकमा कायम भएको छ ।
२० मिनेटका लागि कारोबार स्थगित भएको हो ।
गत शुक्रबार सार्वजनिक मौद्रिक नीतिले संस्थागत लगानीकर्ताका लागि बैंक तथा वित्तीय संस्थाबाट शेयर धितोमा लिन पाउने कर्जाको २० करोडको सीमा हटाएसँगै आज बजारमा सकारात्मक प्रभाव परेको हो ।
कसरी हुन्छ कारोबार बन्द ?
कारोबार शुरु भएको पहिलो घण्टा अर्थात ११ देखि १२ बजेको बीचमा ४ प्रतिशतले, दोस्रो घण्टा अर्थात १२ देखि १ बजेको बीचमा ५ प्रतिशतले र त्यसपछि ६ प्रतिशतले घटे वा बढे सर्किट ब्रेक लाग्ने व्यवस्था छ ।
FACEBOOK COMMENTS