काठमाडाैँ । साताको कारोबार दिन बिहीबार नेप्सेसूचक २४.९७ अंकले बढेर २ हजार ७५०.८७ विन्दुमा पुगेको छ । यो दिन ९ अर्ब १३ करोड रुपैयाँको कारोबार भएको छ । धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएको ३२० कम्पनीको २ करोड ३ लाख ३२ हजार कित्ता शेयर किनबेच भएको छ ।
खानीखोला हाइड्रो पावर कम्पनी,जोशी हाइड्रो पावर डेभलपमेन्ट कम्पनीको १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । त्यस्तै,रिभर फल्स पावर,इनवा हाइड्रो पावर, स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ९.४१ अंकले बढेर ९.९० सम्म पुगेको छ ।
यो दिन सर्वाधिक कारोबार हुने कम्पनीमा जोशी हाइड्रोपावर कम्पनी,एनआरएन इन्फाष्ट्रचर एण्ड डेभलपमेन्ट, आँखुखोला जलविद्युत कम्पनी, सानिमा माइ हाइड्रोपावर, रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य १७ करोड ९२ रुपैयाँदेखि ३० करोड ३० लाख रुपैयाँसम्मको कारोबार भएको छ । सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था, लाइफ इन्स्योरेन्सको शेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । विशाल बजार कम्पनीको शेयर मूल्य ६.३८ प्रतिशतले घटेको छ ।
FACEBOOK COMMENTS