काठमाडाैँ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ३३.४२ अंकले घटेर २ हजार ६८२.२९ विन्दुमा आइपुगेको छ । अघिल्लो दिन ४५ अंकले बढेको बजार एकदिन पनि टिक्न सकेन । पछिल्लो लामो समयदेखि बजार २६ सय र २७ सयबीचमा स्थिर देखिएको छ ।
यो दिन धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका ३०४ कम्पनीको १ करोड २३ लाख ३७ हजार कित्ता शेयर किनबेचहुँदा ६ अर्ब १४ करोड रुपैयाँको कारोबार भएको छ । सर्वाधिक कारोबार हुने कम्पनीमा जानकी फाइनान्स, सर्वोत्तम सिमेन्ट, जोशी हाइड्रो पावर डेभलपमेन्ट बैंक,मोलुङ हाइड्रो पावर कम्पनी, युनाइटेड इदीमर्दी हाइड्रो पावर कम्पनीको १३ करोड ४८ लाख रुपैयाँदेखि २६ करोड १२ लाख रुपैयाँसम्मको कारोबार भएको छ ।
यो दिन क्रिशुली जलविद्युत कम्पनी, नारायणी डेभलपमेन्ट बैंक, आरबीबी म्युचुअल फण्ड, कुथेलीबुखरी हाइड्रो पावर, भुगोल इनर्जी डेभलपमेन्ट बैंक कम्पनीको शेयर मूल्य ५.९९ प्रतिशतदेखि ८.५५ प्रतिशतसम्मले बढेको छ । घटेको बजारमा जानकी फाइनान्सको शेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । त्यस्तै इनवा हाइड्रोपावर,एमर्जिङ नेपाल,स्वभामिमान लघुवित्त वित्तीय संस्था, जोशी हाइड्रो पावर कम्पनीको ५.४४ प्रतिशतदेखि ६.४३ प्रतिशतसम्मले घटेको छ ।