काठमाडौँ । साताको तेस्रो कारोबार दिन आज शेयर परिसूचक (नेप्से) ३.६५ प्रतिशतले बढेएको छ । बजार परिसूचक (नेप्से) ७६.६५ अंकले वृद्धि हुँदा २१७७.४७ अंकमा बन्द भएको छ ।
नेप्सेसँगै अन्य उपसूचकमा वृद्धि हुँदा लगानी उपसूचक सर्वाधिक ६.२५ प्रतिशत र वित्त कम्पनी उपसूचक ५.९४ प्रतिशतले बढेको छ । त्यस्तै विकास बैंक र हाइड्रोपावर उपसूचक पनि ५ प्रतिशतभन्दा माथिले वृद्धि भएको छ भने बैंकिङ उपसूचक पनि २।३५ प्रतिशतले वृद्धि भएको छ ।
नेप्से उच्च अंकले वृद्धि हुँदा कारोबार रकम समेत बढेको छ । सोमबार एक अर्ब ४७ करोडमा सीमित भएको कारोबार रकम मंगलबार बढेर ३ अर्ब नाघेको छ । मंगलबार ९३ लाख ३३ हजार ७८८ कित्ता धितोपत्र खरिद बिक्री हुँदा ३ अर्ब ३६ करोड २२ लाख ६७ हजारको कारोबार भएको छ ।
जसमध्ये एनआईसी एशिया बैंकको सबैभन्दा बढी १२ करोड ९२ लाख, ङ्यादी ग्रुप पावरको ११ करोड ३ लाख ७० हजार र अपी पावरको ९ करोड ४० लाखको कारोबार भएको छ ।
मंगलबार नेप्सेमा २१६ कम्पनीको सेयर कारोबार हुँदा २१५ कम्पनीको शेयरमूल्यमा पनि वृद्धि भएको छ ।
FACEBOOK COMMENTS