काठमाडाैँ। साताको पहिलो कारोबार दिन आइतबार नेप्सेपरिसूचक ४.९८ अंकले बढेर २ हजार ७५३.७६ विन्दुमा आइपुगेको छ । कारोबार अवधिभर बजारले उत्तार चढाबको सामाना गरेको छ । अघिल्लो साता दुई दिन उच्च अंकले बढ्दा केही लगानीकर्ताहरुले यो दिन नाफा बुक गरेका छन् ।
जसको कारण कारोबार रकम बढेको छ । धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका ३२६ कम्पनीको ११ अर्ब ७२ करो रुपैयाँको कारोबार भएको छ । सर्वाधिक कारोबार हुने कम्पनीमा न्यादी ग्रुप पावर, समृद्धि फाइनान्स कम्पनी, जानकी फाइनान्स,शान्ति हाइड्रो इनर्जी, नेपाल फाइनान्स कम्पनीको २३ करोड १५ लाख रुपैयाँदेखि ४५ करोड १७ लाख रुपैयाँसम्मको कारोबार भएको छ ।
त्यस्तै यो दिन उन्नती सहकार्य लघुवित्त, स्वाभिमान लघुवित्त वित्तीय संस्था,अपर हेपाखोला हाइड्रोपावर कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ भने माण्डु हाइड्रो पावर,वाराही हाइड्रो पावर कम्पनीको ९.२९ प्रतिशतदेखि ९.७१ प्रतिशतसम्मले बढेको छ ।
सामान्य अंकले बढेको बजारमा समृद्धि फाइनान्स गुराँश लघुवित्त वित्तीय संस्थाको १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । मकर जितुमायासुरी हाइड्रो पावर,बेस्ट फाइनान्स कम्पनी, ग्लोबल आइएमई ब्यालेन्स फण्डको शेयर मूल्य ५.०४ प्रतिशतदेखि ८ प्रतिशतसम्मले घटेको छ । कारोबारमा आएका १३ वटा समूहको सूचकमध्ये उत्पादनमूलक समूहको सूचक १.१३ प्रतिशतले घटेको छ भने वाणिज्य बैंक,फाइनान्स निर्जीवन बीमा समूहको सूचक १.६३ सम्मले घटेको छ । माइक्रो फाइनान्स होटल समूहमा लगानीकर्ता झुम्मिएका छन् र।
FACEBOOK COMMENTS