काठमाडाैँ। साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ३१.३१ अंकले घटेर २ हजार ६८०.४४ विन्दुमा आइपुगेको छ । शेयर बजारमा निरन्तर उत्तार चढाब आइरहेको छ । लगानीकर्ताहरु बजारमा खुलेर लगानी गर्न सकिरहेका छैनन् । सरकारले अपेक्षित ढंगले पूँजीबजारलाई समेट्न नसक्दा बजारमा लगानीकर्ताहरु उत्तार चढाब देखिएका छन् ।।
धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका ३१४ कम्पनीको १ करोड ८४लाख कित्ता शेयर किनबेचहुँदा ८ अर्ब २५ करोड रुपैयाँको कारोबार भएको छ । सर्वाधिक कारोबार हुने कम्पनीमा नेपाल फाइनान्स,न्यादी ग्रुप पावर,रसुवागढी हाइड्रो पावर,हिमालयन उर्जा विकास कम्पनी र कर्णाली डेभलपमेन्ट बैंकको १६ करोड ५० लाख रुपैयाँदेखि २५ करोड २४ लाख रुपैयाँसम्मको कारोबार भएको छ ।
घटेको बजारमा पनि सामुदायिक लघुवित्त, र श्रीस्टार लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । माहुली लघुवित्त वित्तीय संस्था, धौलागिरी लघुवित्त वित्तीय संस्था रिभरफल्स पावरको शेयर मूल्य ५.३३ प्रतिशतदेखि ६.११ प्रतिशतले बढेको छ । घट्दो बजारमा जानकी फाइनान्सको शेयर मूल्य१० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ भने नारायणी डेभलपमेन्ट बैंक, सुपरमाई हाइड्रोपावर, सर्पोट माइक्रोफाइनान्स र गुराँश लघुवित्त वित्तीय संस्थाको ६.५५ प्रतिशतदेखि ७.२६ प्रतिशतले घटेको छ ।
FACEBOOK COMMENTS