काठमाडाैँ। साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक ३७.१३ अंकले बढेर २ हजार ६९० विन्दुमा आइपुगेको छ । अघिल्लो दिन नेप्से सूचक ५६ अंकले बढेर बन्द भएको थियो । यो सातामा नेप्से सूचक पुन लयमा फर्किने प्रयासमा देखिएको छ । बजारले ठुलो लामो करेक्सन पार गरेर अघि बढेको छ । चाडपर्वको मुखको भएको हुँदा लगानीकर्ता खर्च जुटाउने तयारीमा जुटेका छन् ।
धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका ३०५ कम्पनीको १ करोड ५८ लाख ४५ हजार कित्ता शेयर खरिदविक्रिहुँदा ७ अर्ब ९ करोड ५९लाख रुपैयाँको कारोबार भएको छ । सर्वाधिक कारोबार हुने कम्पनीमा चन्द्रागिरी हिल्स,एनआरएन इन्फाष्ट्रचर,हिमालयन रिइन्स्योरेन्स, नेपाल फाइनान्स र गूडवेल फाइनान्सको २३ करोड रुपैयाँदेखि २६ करोड २३ लाख रुपैयाँसम्मको कारोबार भएको छ ।
सर्वाधिक नाफा कमाउने कम्पनीमा थ्रिस्टार हाइड्रो,दोल्ती पावर कम्पनी,एनआइसी एशिया फेल्क्स, जोशाी हाइड्रो पावर, पिपुल्स हाइड्रो पावर कम्पनीको ७.५९प्रतिशतदेखि ९.९३ प्रतिशतले बढेको छ ।
त्यस्तै उच्च अंकले बढेको बजारमा इष्र्टन हाइड्रो पावर कम्पनीको १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । त्यस्तै कुमारी सबै योजना,वेन नेपाल लघुवित्त वित्तीय संस्था,जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था,पोखरा फाइनान्सको ३.७६ प्रतिशतदेखि ७.४० प्रतिशतले घटेको छ ।
FACEBOOK COMMENTS