काठमाडाैं। सोमबार सेयर बजारको नेप्से परिसूचक ५७.९९ अंक घटेर २ हजार६३९.९२ विन्दुमा आइपुगेको छ । बजार घट्दा कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ८ अर्ब १८ करोडको कारोबार भएकोमा आज ५ अर्ब ९० करोडको कारोबार भएको हो ।
२३ कम्पनीको मूल्य बढ्दा २२१ को घटेको छ । । सबै क्षेत्रका सूचक घटेका छन् । फाइनान्स सबैभन्दा धेरै ३.३८ प्रतिशत घट्यो । बैंकिङ २.३०, विकास बैंक १.७८, होटल तथा पर्यटन १.६६, हाइड्रोपावर २.०५, लगानी २.५१, जीवन बीमा २१५, उत्पादन १.६५, माइक्रोफाइनान्स १.८९, निर्जीवन बीमा १.७६, अन्य २.३४ र व्यापार समूह ०.२८ प्रतिशत घटेको छ ।
विन नेपाल लघुवित्तको मूल्य १० प्रतिशतले बढेर सर्किट लागेको छ , त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको ९.८, कालिका लघुवित्तको ५.५ पिपुल्स हाइड्रोपावरको ४.८४, मानुषी लघुवित्तको ३९९ प्रतिशत मूल्य बढ्को छ । उच्च अंकले घटेको बजारमा ङादी ग्रुप पावरको ९.२, गुडविल फाइनान्सको ५.६, छ्याङ्दी हाइड्रोको ४.७, इस्टर्न हाइड्रोपावरको ४.७, गोर्खाज फाइनान्सको ४.६ प्रतिशत मूल्य घटेको हो । सर्वाधि कारोबार हुने कम्पनीमा हिमालयन रिन्स्योरेन्स कम्पनी,न्यादी ग्रुप पावर,कुमारी बैंक,गूडवेल फाइनान्स र नेपाल फाइनान्स कम्पनीको १३ करोड ९६ लाखदेखि २२ करोड रुपैयाँ माथिसम्मको कारोबार भएको छ ।
पछिल्लाे समय शेयर बजारमा पहिराे जाने क्रम साेमबार पनि राेकिएन । लगानीकर्ताहरू यसलाइ करेक्सनकाे रूपमा हेर्नुपर्ने बताउँछन् । सरकारकाे पछिल्लाे राजनीतिक घटना त्रमले पनि लगानी कर्ताहरू उत्साहित भन्दा निरूत्साहीत हुँदा बजारमा त्यसकाे प्रभाव परेकाे एक लगानीकर्ताकाे भनाइ छ ।
FACEBOOK COMMENTS