काठमाडाैँ। साताको अन्तिम कारोबार दिन बिहीबार नेप्स परिसूचक १८.२५ अंकले घटेर २ हजार ६२७.१४ विन्दुमा आइपुगेको छ । अघिल्लो दिन वाणिज्य बैंकहरुको तेस्रो त्रैमासिक रिर्पोट सार्वजनिक भएपछि वाणिज्य बैंकहरुको शेयर मूल्यमा पहिरो गएको छ । यो दिन वाणिज्य बैंक समूहको १.०२ प्रतिशतले घटेको छ । त्यस्तै उत्पादनमूलक समूहको १.२६ प्रतिशतले घटेको छ । कारोबारमा आएका १३ वटा समूहको सूचकमध्ये जलविद्युत समूहको ०.३६ प्रतिशत बढेको छ भने १२ वटा समूहको सूचक घटेको छ ।
धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका ३१७ कम्पनीको १ करोड २२ लाख कित्ता शेयर खरिद विक्रिहुँदा ५ अर्ब ४१ करोड ९१ लाख कित्ता रुपैयाँको कारोबार भएको छ । सर्वाधिक कारोबार हुने कम्पनीमा एनएलजी इन्स्योरेन्स कम्पनी ३४ करोड ३१ लाख रुपैयाँको कारोबार भएको छ भने दोस्रो कारोबार हुने कम्पनीमा साहस उर्जा कम्पनीको २४ करोड ९३ लाख रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै आइसीएफसी फाइनान्सको २४ करोड ९२ लाख रुपैयाँको कारोबार भएको छ । पिपुल्स हाइड्रोपावर कम्पनीको २४ करोड ५५ लाख रुपैयाँको कारोबार भएको छ । समृद्ध फाइनान्स कम्पनीको १९ करोडको रुपैयाँको कारोबार भएको छ । रावा इनर्जी डेप्लोमेन्ट कम्पनीको १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । एनआइबीएल फण्डको ५.७३, कर्पोरेट डेभलपमेन्ट कम्पनीको ४.९० प्रतिशत रहेको छ । घटेको बजारमा एसबीआइ बैंकको ९.७५ प्रतिशतले बढेको छ भने पिपुल्स हाइड्रोपावर,सनराइज प्लुचिप फण्ड, समृद्धि फाइनान्स कम्पनीको शेयर मूलय ६.१८ प्रतिशतले बढेको छ ।
FACEBOOK COMMENTS