काठमाडौं, २२ भदौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको तेस्रो दिन आज मंगलबार उच्च अंकको गिरावट आएको छ । आज नेप्से ४४.१८ अंकले घटेर दुई हजार ९ सय ३६ दशमलब ६१ विन्दुमा थामिएको छ ।
त्यस्तै, आज कोरोबार रकममा पनि गिरावट आएको छ । आज ७ अर्ब ४९ करोड ५८ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका दुई समूह बाहेक अन्य सबै समूह घटेका छन् ।
नेप्सेका अनुसार आज कारोबार भएका दुई कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमा सानिमा लाईफ इन्स्योरेन्स कम्पनी र युनाइटेड मोदी हाइड्रोपावर कम्पनी रहेको छ । आज सानिमा लाइफ इन्स्योरेन्सको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ४५२.२० रुपैयाँ पुगेको छ भने युनाइटेड मोदी हाइड्रोपावर कम्पनीको शेयरमूल्य ७.७८ प्रतिशतले बढेर प्रतिकित्ता ६०७ रुपैयाँ पुगेको छ ।
त्यस्तै, आज आरएमडीसी लघुवित्त वित्तिय संस्था र रु रु जलविद्युत परियोजना कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूलय आज करिब ७ प्रतिशत भन्दा बढीले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण युनाइटेड मोदी हाइड्रोपार कम्पनीको भएको छ । यस कम्पनीको आज ६१ करोड भन्दा बढीको कारोबार भएको छ ।
FACEBOOK COMMENTS