काठमाडौं, २१ भदौ । केहि हप्तादेखि निरन्तर भारि गिरावट आएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार उच्च अंकको बृद्धि आएको छ । यो समाचार तयार पार्दासम्म नेप्से ११७ अंकले बढेको छ भने पाँच अर्ब भन्दा बढीको कारोबार भएको छ ।
त्यस्तै, यो समाचार तयार पार्दासम्म नेप्सेमा चार कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमा हिमाल दोलखा हाइड्रोपावर कम्पनी, ग्रीनलाईफ हाइड्रोपावर, सानिमा लाइफ इन्स्योरेन्स, खानीखोला हाइड्रोपावर, सिन्धु विकास बैंक, राद्यि विद्युत कम्पनी, हाइड्रोइलेक्ट्रोसिटी इन्भेष्टमेन्ट, दिव्यश्वरी हाइड्रोपावर, ग्रीन डेभलपमेन्ट बैंक, एसिएन लाईफ इन्स्योरेन्स, अरुण काबेली पावर कम्पनी, छ्याङदी हाइड्रोपावर, सीईडीबी हाइड्रोपावर, बेष्ट फाइनान्स, पाँचथर पावर कम्पनी, साग्रिला डेभलपमेन्ट बैंक, अप्पर तामाकोसी, शीवश्री हाइड्रोपावर र कर्पोरेट डेभलपमेन्ट बैंक रहेका छन् । यी कम्पनीको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ ।
FACEBOOK COMMENTS