काठमाडौं । उद्योग वाणिज्य संघका अध्यक्ष दिनेशलाल श्रेष्ठले अर्थतन्त्र अवस्था सुधार गर्नुपर्ने बताएका छन्। अध्यक्ष श्रेष्ठले नेपालमा बन्ने नीतिले जनताको आँखामा धुलो फ्याँक्ने काम मात्र गरेको बताउँदै अर्थतन्त्रमा समस्या हो भने उपचार गर्न लगाउनु पर्ने बताएका हुन् ।
उनले भने ‘अर्थतन्त्र गम्भीर अवस्थामा पुगेको छ यसको अवस्था सुधार गर्नुपर्छ । नयाँ सोच लिएर अघि बढ्नु भएको छ यसले नेपाली उद्योगीहरूलाई गर्व गराएको छ । देशमा समस्या छ भन्नपछि समस्या छ । निजी सङ्घ सङ्गठनमा बस्नु भनेको नै आर्थिक क्षेत्रको उन्नतिका लागि हो । नेपाली जुत्ता निर्यात गर्ने सरकारले सहयोग गरेको छैन चासो नै दिँदैन । जनताले पसिना बगाएर कमाएको पैसामा सरकारको रजाइँ मात्र भएको छ । जता ततै सरकारले कर मात्र लगाएको छ । प्रधानमन्त्रीले अर्थतन्त्र सुधार्न चिरफार गर्नु पर्छ भन्नू हुन्छ अर्थ मन्त्रालयमा ५ जना डाक्टर छन् अर्थतन्त्रमा समस्या हो भने उपचार गर्न लगाउनु पर्यो । ’
FACEBOOK COMMENTS