काठमाडौं । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) को अध्यक्षमा युवराज शर्मा निर्वाचित भएका छन् ।
नवौं महाधिवेशनमा शर्माले १६० मतसहित निर्वाचित भएको छ । शर्माको प्रतिस्पर्धी लोकबहादुर भण्डारीले १०६ मत प्राप्त गरे । शर्मा यसअघि वरिष्ठ उपाध्यक्ष र भण्डारी महासचिव थिए । निर्वाचनपछि महासचिवमा रामहरि सिलवाल निर्वाचित भए ।
हिसानको उपाध्यक्षमा टंकराज आचार्य र स्वागत श्रेष्ठ विजयी भए । उपाध्यक्षतर्फ नरेन्द्रबहादुर अधिकारी, मुकुन्द घिमिरे, राजेन्द्र अधिकारी, वीरेन्द्र जयना श्रेष्ठ, आरबी अधिकारी, ऋषि तिवारी, डोलराज पाण्डे, धरणीधर अधिकारी, विष्णुराज पौडेल, सुमन हरिन्द्र लामिछाने र गोपाल आचार्य निर्विरोध चयन भए ।
सचिवमा जीवन लामा गोले, कृष्णप्रसाद पौडेल, पारस श्रेष्ठ, भवानीप्रसाद पौडेल, यामबहादुर रोका, बलराम पन्त र रोजश कार्की विजयी भएका छन्। विधानअनुसार हिसानको केन्द्रीय समितिमा ६३ जना रहने व्यवस्था छ।
FACEBOOK COMMENTS