काठमाडौँ । नेपाली काँग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइराला अस्वस्थ भएका छन् ।
नवलपुर १ मा सत्ता गठबन्धनका साझा उम्मेदवारसमेत रहेका कोइराला नवलपुरको अमरापुरीमा आइतबार आयोजित चुनावी कार्यक्रममा बेहोस भएका थिए ।
कोइरालालाई उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेजमा भर्ना गरिएको उनका सहयोगी सुरज उप्रेतीले बताए ।
अहिले कोइरालाको अवस्था सामान्य रहेको र होस पनि फर्किसकेको बताइएको छ ।
FACEBOOK COMMENTS