काठमाडौं । शौर्य सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले “कर्मचारीको स्वास्थ्य नै संस्थाको शक्ति हो” भन्ने सोचलाई व्यवहारमै उतार्दै सिराहा जिल्लाको मिर्चैयास्थित आफ्नो कारखानामा वार्षिक स्वास्थ्य परीक्षण शिविर अत्यन्त सफलताका साथ सम्पन्न गरेको छ ।
उक्त स्वास्थ्य शिविर फूलकुमारी महतो मेमोरियल अस्पतालको सहकार्यमा सञ्चालन गरिएको हो । शिविरमार्फत करिब २५० जना कर्मचारी तथा श्रमिकहरू लाभान्वित भएका थिए ।
यस क्रममा सहभागीहरूको सामान्य स्वास्थ्य परीक्षण, आवश्यक चिकित्सकीय परामर्श तथा स्वास्थ्यसम्बन्धी सचेतना प्रदान गरिएको थियो । यस कार्यक्रमको मुख्य उद्देश्य कर्मचारीहरूको स्वास्थ्यप्रति जिम्मेवार रहँदै सुरक्षित, स्वस्थ तथा उत्पादनशील कार्य वातावरण सिर्जना गर्नु रहेको थियो ।
शौर्य सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले सामाजिक उत्तरदायित्व तथा कर्मचारी कल्याणलाई सधैं आफ्नो प्राथमिकतामा राख्दै यस्ता स्वास्थ्य तथा सामाजिक कार्यक्रमहरूलाई आगामी दिनहरूमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।


FACEBOOK COMMENTS