काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने सहमति जुटेको छ ।
आजै बेलुकी उहाँलाई प्रधानमन्त्रीमा नियुक्त गरी सपथ गराउने तयारी समेत गरिएको छ ।
शुक्रबार आज दिनभर भएको छलफलपछि प्रतिनिधिसभा विघटन गर्ने गरी सहमति जुटेको शीलतनिवास स्रोतले जनाएको छ ।
यसअघि भदौ २३ र २३ गतेको जेनजी आन्दोलनको दबाबपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राजीनामा दिएका थिए ।
असामान्य परिस्थितिलाई ध्यानमा राख्दै दिइएको राजीनामा राष्ट्रपति पौडेलले सोही दिन स्वीकृत गरेका थिए ।
FACEBOOK COMMENTS