काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका छन् ।
विशेष महाधिवेशन आव्हानपछि विभाजनको डिलमा रहेको बेला राष्ट्रपतिसँग देउवाको भेटलाई पार्टीमा अर्थपूर्णरूपमा हेरिएको छ ।
तर, भेटघाट पार्टीको आन्तरिक हो वा समसामयिक विषय खुलेको छैन ।
यसअघि आज बिहान देउवा र शेखर कोइरालाबीच भेट भएको थियो । देउवा शीतल निवास जान्छु भन्दै पछि थप कुरा गर्ने भन्दै शीतल निवास लागेका हुन् ।
FACEBOOK COMMENTS