राष्ट्रिय बीमा कम्पनीका सीईओ बरालले दिए राजीनामा

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शेखर बरालले राजीनामा दिएका छन् । उनले मंगलबार राजीनामा दिइएको बताइएको छ । स्रोतका अनुसार उलने व्यक्तिगत कारण देखाएर राजीनामा दिएका छन् । बराल २०७९ भदौ २३ गते चार वर्षका लागि सीईओमा नियुक्त भएका थिए ।