काठमाडौं, ५ भदौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा विशिष्ठ सदस्य पशुपति मुरारकाको कठपुतली बन्दा महासंघको नेतृत्व र महासंघ समेत निकम्मा र असफल सावित भएको छ ।
मुरारकाले आफूले राज्यलाई तिर्न पर्ने विद्युत् महसुलदेखि आफ्नो फाइदाका विषयलाई महासंघ प्रयोग गर्दै आएपछि पछिल्लो समय अध्यक्ष गोल्छा आलोचनाको पात्र बन्न पुगेका छन् । अझ नेपाल उद्योग वाणिज्य महासंघको विधानमा महत्वपूर्ण हेरफेर गर्ने र वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान हटाउन पशुपति मुरारकाको समूहले खेलेको खेललाई साथ दिएर महासंघमा गोल्छा आफै पूर्ण असफल सावित हुँदै गएका छन् ।
वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष अध्यक्ष हुने प्रावधान तत्कालीन अध्यक्ष भवानी राणाको पालामा पनि केही व्यक्तिले उठाएका थिए । तर, त्यसबखत भर्खरै बनेको नियमलाई विश्वास गर्नपर्ने र त्यस्तो प्रावधान हटाउन नेतृत्व असफल भएको हुनपर्ने चुनौती निवर्तमान अध्यक्ष राणाले दिएपछि त्यो योजना सफल हुन सकेको थिएन ।
संशोधिन विधानबमोजिमको राणा नेतृत्वको कार्यकाल पूर्ण रूपमा सफल भएकाले छोटो समयमा नै पुनः संशोधन गरेर उल्ट्याउन खोजिएको विधान संशोधन हुन पाएको थिएन । त्यसबेला मुरारका समूह उक्त विधान संशोधनको विपक्षमा थियो । तर अहिले आफ्नो प्रतिकुल भएको महसुश गरी पुनः विधान संशोधनको रटान दिँदै आएको छ ।
यसअघि संशोधित विधान विधानलाई टेकेर नै शेखर गोल्छा वरिष्ठ उपाध्यक्षबाट स्वतः अध्यक्ष बनेका थिए । तर, अहिले महासंघमा बसेर आफ्नो स्वार्थसिद्ध गर्न पल्केका मुरारकाले आफ्नो बर्चश्व कायम गर्न कुसकुमार जोशीको संयोजकत्वमा विधान संशोधन समिति बनाएको छ । देशकै ठूलो नेटर्वक भएको निजी संस्थाको छाता संस्थालाई मुरारकाले आफ्नै प्राइभेट कम्पनी जस्तो हर्कत गर्नु आफैमा निन्दनीय भएको कतिपय व्यवसायीहरू बताउँछन् ।
सामान्य संघसस्थाहरू जिल्ला प्रशासन कार्यालयमा मात्रै विधान बुझाए पुग्नेमा नेपाल उद्योग वाणिज्य महासंघलाई विशेष महत्व दिएर नेपाल सरकारले मन्त्री स्तरीय सिफारिस दिने गरको छ । राज्यले दिएको विषेश स्थान र महत्वको ख्यालै नगरी अहिले सीईओले कम्पनीमा निर्णय गरेझैं विधान संशोधनको मस्यौदा तयार पारेको छ भने अध्यक्ष गोल्छा महासंघमा पुरै असफल बनेका छन् ।
मुरारकाको निर्देशनमा बनेको विधान संशोधन समितिले अहिले नै वरिष्ठ उपाध्यक्ष कायम राखे पनि स्वतः अध्यक्ष हुने प्रावधान भने हटाउनुपर्ने भनेकोे छ । त्यति मात्रै होइन नेपालको मुल कानुनमा संघसंस्थाको सदस्य नै मुख्य निर्णायक मत मानिन्छ तर जिल्ला, नगर र वस्तुगतको मतभार छुट्याइनुले पहिले नै सधैं विवादमा रहेको यो व्यवस्थामा मुरारकाले आफ्नो डेरा महासंघमा जमाईराख्न एसोसिएटको समेत ठूलो कम्पनीको बेग्लै मतभार र साना कम्पनीको बेग्लै मतभार गर्न लागिएको छ ।
यसले नेपालको कानुनलाई नै खण्डित गर्ने देखिन्छ । कम्पनी रजिस्टारमा दर्ता भएका सबै कम्पनीको सञ्चालकको हैसियत नेपाल सरकारले एउटै मान्दछ । यसरी विवादै विवाद झिकेर अहिले विधान संशोधन रमिति बनाइएको छ भने नेपाल उद्योग वाणिज्य महासंघ पङ्गुप्रायः बनेको छ । जुन प्राबधानलाई टेकेर वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई सोझै अध्यक्ष बनेका छन् । पहिला त्यही विषयमा विरोध गर्ने र अहिले आएर वरिष्ठलाइ खारेज गर्नु भन्नाले स्वार्थसिद्ध काम गर्न खोजेको समेत प्रस्ट देखिन्छ ।
नेपाल उद्योग वाणिज्य महासंघको गरिमामय उपस्थिति र यसले गरेका कयौं एतिहासिक कार्यहरूलाई मुरारकाको आफ्नो स्वार्थ र अध्यक्ष गोल्छा कठपुतली बन्दा गोल्छा आफैं अलपत्र परेको छ ।
विधान संशोधनको प्रस्तावमा अध्यक्ष गोल्छाबाहेकका पदाधिकारी सबैले विरोध जनाएको छ । निर्वतमान अध्यक्ष भवानी राणा उपाध्यक्षद्वय अञ्जन श्रेष्ठ र दिनेश श्रेष्ठले समेत असहमति जनाएका छन् । त्यस्तै जिल्ला नगर र वस्तुगत संघहरूले पनि विरोध जनाइसकेका छन् ।
के छ मुरारकाको चाल ?
विधान संशोधनबाट वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बनाउने प्रावधान हटाउन सकिए अहिले भइरहेका उपाध्यक्षहरूले एकपटक फेरि उपाध्यक्षमै चुनाव लड्नुपर्ने हुन्छ र अध्यक्ष हुन चाहने नयाँ अनुहारहरूले पनि उपाध्यक्षमा निर्वाचन लड्नुपर्ने हुन्छ । यसैमा मुरारका राजनीति गर्न खोज्दैछन् । मुरारका अहिलेको उपाध्यक्षद्वय अञ्जन श्रेष्ठ र दिनेश श्रेष्ठ दुबै जनालाई अध्यक्षको दौडबाट फाल्न खोजिरहेका छन् ।
विधान संशोधन यसै विषयमा केन्द्रीत बनाएर नयाँ अनुहारलाई ल्याउने कसरतमा मुरारका पुगेका छन् । अहिले एक्कासी मुरारकाले सौरभज्योति समेतलाई ल्याउन सकिने भनेर हल्ला चलाउन थालेका छन् । तर, यो सबै कुरा उनको राजनीति मात्र भएको जानकारहरू बताउँछन् । सौरभज्योतिलाई एसोसिएट उपाध्यक्षमा भित्री रूपबाट मुरारका आफैले साथ नदिएर हराएपछि दोषचाहिँ अञ्जन श्रेष्ठलाई लगाएर सौरभज्योति र अञ्जनको २०औं वर्षदेखिको दोस्तीलाइ नै झण्डै खतम पारेका थिए । तर, अञ्जन श्रेष्ठको पहलमा नै ज्योतिलाई कार्य समितिमा ल्याएपछि सौरवलाई हराउन लागेको रहेछन् भन्ने समेत प्रष्ट भइसकेको छ ।
FACEBOOK COMMENTS