काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले पछिल्लो समय अर्थतन्त्रमा देखिएको समस्याप्रति चिन्ता व्यक्त गरेका छन्।
महासंघको ५७औँ वार्षिक सभालाई सम्बोधन गर्दै उनले अर्थतन्त्रमा देखिएकाे समस्याकाे चिन्ता व्यत गरेका हुन् ।
उनले भने, ‘निजी क्षेत्रले काम गर्न सकेन भने सरकारी खर्च पनि चल्दैन।’
निजी क्षेत्रलाई लगानीको वातावरण बनाउन र उद्यमी व्यवसायीलाई सम्मान गर्न उनले आग्रह गरे।
‘निजी क्षेत्रले काम गर्न सकेन भने सरकार पनि अप्ठ्यारोमा पर्ने रहेछ भन्ने अब त सबैले बुझेको हुनुपर्छ’, उनले भने, ‘आम्दानीभन्दा डेढ खर्ब बढी खर्च भएको छ। कर्मचारीलाई तलब दिन पनि नसकिने हो कि भन्ने चिन्ता जाहेर हुन थालेको छ।’
२०३० सम्म अर्थतन्त्रको आकार एक सय अर्ब डलर पुर्याउन सकिने खाका कोरेको भन्दै उनले आफ्नो कार्यकालको सुरुमै यो दस्तावेज बनेको बताए।
FACEBOOK COMMENTS