काठमाडाैँ । नेपाली काङ्ग्रेसकी नेतृ सुजाता कोइरालाले आगामी महाधिवेशनमा शेखर कोइरालालाई समर्थन गर्ने घोषणा गरेकी छन् । गिरिजाप्रसाद कोइराला र वर्तमान राजनीति’ विषयक गोष्ठीमा बोल्दै उनले यस्तो बताएकी हुन् । अहिलेका कांग्रेस एमालेको छत्रछायाँमा हराएको उल्लेख गर्दैै शेरवाहादुरले अहिले काम गर्न नसक्नु भएको बताएकी छन् ।
सुजाताले भनिन्, ‘नेपाली काङ्ग्रेस एमालेको स्याडोमा परेको छ । शेरबहादुरजी उहाँको कुने विचार छैन, उहाँ काम नै गर्नु हुन्न । उहाँ दिनभरि के गर्नुहुन्छ भगवान् जानुन् । उहाँले काङ्ग्रेस हाँक्न सकिरहनुभएको छैन । त्यसैले मैले निर्णय गरेँ – अब हुने सभापति शेखर कोइराला हो, शेखर कोइरालाई मेरो सपोर्ट हुने छ ।’
FACEBOOK COMMENTS