भक्तपुर । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले अध्यादेशबाट देश चलाउन खोज्नु गलत भएको बताएका छन् ।
भक्तपुरमा जिपि कोइराला फाउण्डेसनले आयोजना गरेको ‘गिरिजाप्रसाद कोइराला र वर्तमान राजनीति’ विषयक विचार गोष्ठीमा उनले अध्यादेशबाट देश चलाउने संस्कारको विकास गर्न नहुने बताए ।
संसद्लाई छलेर जान खोज्यो भने त्यो निरङ्कश हुने बताउँदै उनले दुई तिहाइको सरकारलाई अध्यादेशको जरुरी नभएकाले संंसद्बाटै ऐन, कानुन बनाउनुपर्नेमा जोड दिए ।
उनले भने, “अध्यादेशबाट देश चलाउने संस्कार हाम्रो होइन । प्रजातन्त्रमा भरसक हामीले संसद्बाटै नियम, कानुन, ऐनहरू बनाइ अगाडि जानुपर्छ ।”
सोही कार्यक्रममा नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले राजनीति र प्रजातन्त्र बिग्रियो भने देश पनि बिग्रिने बताए । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय नेता, विभिन्न जिल्लाका सभापतिलगायतले आफ्ना धारणा राखे ।
FACEBOOK COMMENTS