काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने नयाँ सरकारमा जानका लागि नेपाली कांग्रेसमा शेखर कोइराला समूहबाट चार जनाको नाम चर्चामा रहेको छ ।
स्रोतका अनुसार कोइराला पक्षले मन्त्रीका लागि चार जनाको नाम पार्टी सभापति शेरबहादुर देउवालाई बुझाएको छ । जसमा प्रदीप पौडेल, हृदयराम थानी, रामनाथ अधिकारी, तेजुलाल चौधरी रहेका छन् ।
कांग्रेसले गृह मन्त्रालयमा रमेश लेखक र परराष्ट्र मन्त्रालयमा आरजु राणा देउवालाई पठाउने निर्णय गरिसकेको छ ।
FACEBOOK COMMENTS