काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संक्रमणकालीन न्यायको विषय सम्बोधनका लागि आपसी सहमतिमा निष्कर्षमा पुग्नुपर्ने बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने औपचारिक निर्णय संसदमा सुनाउँदै सभापति देउवाले सो कुरा बताएका हुन्।
‘अर्थतन्त्रलाई उकास्ने नीति, योजना र कार्यान्वयनको ठोस प्रतिवद्धताको आवश्यकता छ। शान्ति प्रकृयाका बाँकी कामहरुलाई तार्किक निष्कर्षमा पुर्याउनु पर्दछ,’ प्रधानमन्त्री देउवाले भने, ‘संक्रमणकालिन न्यायको विषयलाई सम्बोधन गर्न कानून संशोधनको प्रकृया अगाडी बढेको छ। यसलाई संघीय संसदमा रहेका हामी सबैले आपसी सहमतिका साथ निष्कर्षमा पुर्याउनु पर्दछ।’
छिमेकी देश र मित्र राष्ट्रहरुसँग सन्तुलित र सुमधुर सम्वन्ध कायम राख्नपर्ने देउवाले बताएका छन्। ‘श्रमिक, किसान र गरिव जनताका समस्या समाधानका लागि काम गर्नुछ।’ देउवाले भने।
FACEBOOK COMMENTS