काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तत्काल पार्टीको नेतृत्व नछाड्ने सङ्केत गरेका छन् ।
जेन जी आन्दोलनपछि पहिलोपटक सार्वजनिक भएका देउवाले आज मङ्गलबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै आगामी मंसिरमा हुने १५औं नियमित महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्ने बताएका हुन् ।
पार्टीभित्र जोडदारसाथ विशेष महाधिवेशनको माग भइरहेको तथा आधाभन्दा बढी महाधिवेशन प्रतिनिधिले यसका पक्षमा हस्ताक्षर गरेको समयमा देउवाको यस्तो भनाइ आएको हो ।
पार्टीको विधानले तोकेको अवधिभित्रै नियमित महाधिवेशनका लागि आफू प्रतिबद्ध रहेको देउवाको भनाइ थियाे ।
सम्बोधनका क्रममा देउवाले जेन जी आन्दोलनकर्ताहरूको मागमा आफू सकारात्मक रहेको बताए । उनले आन्दोलनका क्रममा भएको हिंसात्मक घटनाले देशलाई नै स्तब्ध बनाएको बताए ।
राज्यका संरचनामाथि भएका आक्रमणलाई उनले इतिहासकै डरलाग्दो रहेको बताए । उनले भने, ‘राष्ट्रपतिको कार्यालयदेखि विभिन्न मन्त्रालय, अदालत, प्रहरी कार्यालय र सञ्चारगृहसम्म आक्रमण भएको भन्दै यो नेपालको इतिहासकै डरलाग्दो घटना थियो ।’
उनले उक्त घटनाको सत्यतथ्य छानबिनको माग गरे ।
हेर्नुहोस् देउवाको सम्बोधनको पूर्णपाठ–
FACEBOOK COMMENTS