काठमाडौं । आसन्न निर्वाचनको ठीक अघि नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा सिंगापुर प्रस्थान गरेका छन् ।
देउवा गएराती सिंगापुर गएका हुन् । देउवा पत्नी आरजु राणा देउवा भने तीन दिनअघि नै सिंगापुर पुगिसकेकी थिइन् ।
देउवा दम्पति यसअघिको उपचारको फलोअपका लागि सिंगापुर गएको उनी निकट नेताहरुले जानकारी दिएका छन् ।
विशेष महाधिवेशनपछि पार्टीभित्रको शक्ति सन्तुलन फेरिए पनि सभापति गगन थापा पक्षले निर्वाचनमा देउवाको साथ खोजिरहेको चर्चा चल्दै आएको बेला देउवा सिंगापुर गएका हुन् ।
विशेषगरी उनको गृह जिल्ला डडेल्धुरामा मतदानका लागि मात्र भए पनि देउवा पुग्ने अपेक्षा स्थानीय कांग्रेस कार्यकर्ताले गरिरहेका थिए ।

जेनजी आन्दोलनका क्रममा भदौ २४ गते आफ्नै निवासमा कुटाई खाएका देउवा दम्पति उपचारका लागि कार्तिक १० मा सिंगापुर गएका थिए । त्यसपछि उनीहरु कार्तिक २८ मा स्वदेश फर्किएका थिए ।

FACEBOOK COMMENTS