काठमाडौं । जेनजी आन्दोलनका क्रममा कुटिएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पत्नी डा. आरजु राणाको हाल एक अस्पतालमा उपचाररत छन् । उनीहरुको स्वास्थ्यस्थिति खतरामुक्त रहेको स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।
मंगलबारको हिंसात्मक प्रदर्शन तथा आगजनीका क्रममा बूढानीलकण्ठस्थित देउवाको घर जलाइएको थियो । घरभित्रै रहेका देउवा दम्पतिमाथि आन्दोलनकारीले कुटपिट गरेका थिए भने नेपाली सेनाले उनीहरुको उद्वार गरेको थियो ।
घरबाट सेनाले निकाल्दासम्म सामान्य शारीरिक चोटपटक देखिएका देउवा दम्पत्तिमाथि प्रदर्शनकारीले भौतिक आक्रमण गरेपछि दुबैको टाउको फुटेको थियो ।
उपचारमा संलग्न चिकित्सकका अनुसार दुबैको टाउकोको पछाडिको भागमा धारिलो हतियार प्रहार भएको पाइएको छ । त्यो धारिलो हतियार खुकुरी हुन सक्ने अस्पतालका चिकित्सकले अनुमान गरेका छन् ।
एमआरआई रिपोर्टमा टाउकोमा गहिरो चोट नदेखिएका कारण चिकित्सकले खतरामुक्त रहेको बताएको उनले जानकारी दिए ।
FACEBOOK COMMENTS