काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवं पूर्वमन्त्री डा. आरजु राणा अस्पतालबाट आज डिस्चार्ज हुने भएका छन ।
जेनजी आन्दोलनका क्रममा घाइते भएका देउवा दम्पतीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको र उपचारमा संलग्न चिकित्सकहरूले आजको स्वास्थ्यस्थिति विश्लेषण गरेपछि डिस्चार्ज हुने स्वकीय सचिव भानु देउवाले बताए । डिस्चार्जपछि उनीहरूको अस्थायी बसोबास ललितपुरमा हुने देखिएको छ ।
बूढानीलकण्ठको क्षतिग्रस्त घरको पुन:निर्माणमा समय लाग्ने कारण उक्त घर तयार नहुञ्जेलका निम्ति देउवाको दम्पती त्यहाँ बस्ने तयारीमा रहेको नेपाली कांग्रेसका एक नेताले बताए ।
प्रदर्शनकारीले गरेको दुव्र्यवहारका क्रममा सभापति देउवाको गर्धनमा धारिलो हतियारले प्रहार भएको थियो । त्यसैले उपचारका क्रममा आठ वटा टाका लगाइएको थियो ।
डा. राणाको पनि गर्धनमै चोट थियो । टाँका खोलिएको र अन्य जटिल स्वास्थ्य समस्या नभएका कारण अस्पतालले उनीहरुलाई बुधबार गर्न लागेको अस्पताल स्रोतले जनाएको छ ।
FACEBOOK COMMENTS