काठमाडौं । नेपालका स्पिनर शेर मल्लले आफ्नो डेब्यू म्याचमै शानदार सुरुवात गरेका छन् ।
टि–२० विश्वकप अन्तरगत ईंग्ल्यान्ड विरुद्धको म्याचमा प्लेइङ ११ मा अटाएका उनले आफ्नो पहिलो बलमै विकेट लिए ।
ईंग्ल्यान्डका ओपनर फिल साल्टलाई उनले आउट गराएका हुन् ।
कप्तान रोहित पौडेलले मल्ललाई दोस्रो ओभरमै बल थमाएका थिए । मल्लको बललाई ठूलो सट खेल्ने प्रयास गरेका साल्ट आफूले खेलेको दोस्रो बलमै आउट भए ।
उनले हावामा खेलेको बललाई सन्दीप लामिछानेले क्याच गरेका थिए ।
FACEBOOK COMMENTS