काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा शिखर इन्स्योरेन्सको नाफामा झिनो गिरावट आएको छ ।
कम्पनीको नाफा ०.९५ प्रतिशतले घटेर २४ करोड ७ लाख ४ हजारमा सिमित भएको छ । गत आवको सोही अवधिमा २४ करोड ३० लाख १० हजार रुपैयाँ नाफा गरेको थियो ।
यो अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन १.०९ प्रतिशतले बढेर ७७ करोड ५ लाख ८८ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा ७६ करोड २२ लाख ५५ हजार रुपैयाँ रहेको थियो ।
कम्पनीको बीमा कोषको आकार ८.१४ प्रतिशतले बढेर १ अर्ब ५३ करोड १९ लाख ८० हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा १ अर्ब ४१ करोड ६६ लाख ८४ हजार रुपैयाँ रहेको थियो ।
कम्पनीको जगेडा कोषको आकार ८१ करोड रुपैयाँ रहेको छ । जुन गत आवको सोही अवधिमा ६९ करोड ३५ लाख ५१ हजार रुपैयाँ रहेको थियो । २ अर्ब २८ करोड ६० लाख ८१ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ६ पैसा रहेको छ । प्रतिसेयर नेटवर्थ २१५ रुपैयाँ २१ पैसा रहेको छ ।
FACEBOOK COMMENTS