काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडको आईपीओको बाँडफाँड सम्पन्न भएको छ ।
कम्पनीको आईपीओ बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालयमा आज बिहान बाँडफाँट गरिएको हो ।
कम्पनीका अनुसार आईपीओमा २६ लाख ८७ हजार ३४७ जना आवेदकबाट कुल २ करोड ८८ लाख १६ हजार ९९० कित्ताका लागि आवेदन परेको थियो । तीमध्ये ३६ हजार ५०० जना आवेदकले दिएको ४ लाख २२ हजार २०० कित्ताको आवेदन विभिन्न कारणले अस्वीकृत भएको थियो ।
स्वीकृत भएका आवेदनमध्ये गोलाप्रथाबाट १ लाख ८४ हजार २६० लगानीकर्ताले १०–१० मात्र शेयर प्राप्त गरेका छन् । आइपिओको नतिजा सीडीएसीको आईपीओ रिजल्ट र मेरो शेयरको वेबसाइटमा हेर्न सकिने छ ।
FACEBOOK COMMENTS