काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको स्वतन्त्र संचालकमा पुष्कर महत नियुक्त भएका छन् ।
कम्पनीको माघ २१ गते बसेको संचालक समितिको ३१९ औं बैठकले महतलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई बीमा ऐन २०७९ को दफा ४७ बमोजिम नियुक्त गरेको कम्पनीले जनाएको छ ।
FACEBOOK COMMENTS