काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ५१ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा ०.१३ प्रतिशत कम हो । गत वर्षको चैतसम्म यस बैंकले ५१ करोड ४६ लाख रुपैयाँ नाफा कमाएको थियो ।
इम्पेयरमेन्ट चार्ज ३७ करोड १८ लाखबाट बढेर ६७ करोड ६९ लाख पुगेको छ । यता, खुद ब्याज आम्दानी भने १ अर्ब ६३ करोडबाट बढेर १ अर्ब ९३ करोड पुगेको छ । ब्याज आम्दानी बढ्दा नाफामा अत्याधिक गिरावट देखिएन । ४ अर्ब ८७ करोड ५७ लाख १ हजार रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको १ अर्ब ९४ करोड रुपैयाँ जगेडा कोषमा जम्मा छ ।
प्रतिशेयर आम्दानी १४.०६ रुपैयाँ छ भने प्रतिशेयर नेटवर्थ १४७.७८ रुपैयाँ छ । बैंकको लाभांश वितरण क्षमता ३८ करोड ७१ लाख रुपैयाँ छ । उक्त रकमबाट यस बैंकले १०.५९ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता छ ।
FACEBOOK COMMENTS