काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनता समाजवादी पार्टीका मधेश प्रदेशका सांसद सरोज सिंह कुशवाहालाई पक्राउ गरेको छ ।
आयोगले कुशवाहालाई आज काठमाडौंको अनामनगरबाट पक्राउ गरेको हो ।
महोत्तरी क्षेत्र नम्बर–४ (ख) बाट प्रदेश सभामा निर्वाचित कुशवाहाको घरमा आयोगले जेठ १२ गते छापा मारेको थियो ।
उनको घरबाट अनुसन्धान अधिकारीहरुले विभिन्न योजनाका कागजातहरु बरामद गरेका थिए । उनी मधेश प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री समेत हुन् ।
FACEBOOK COMMENTS