सप्तरी । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह सप्तरीको राजगढ गाउँपालिका(२ कमलपुरमा प्रहरीको गोलीबाट मारिएका लालु यादवको घरमा पुगेका छन् ।
मुख्यमन्त्री सिंहले मृतक यादवको घर र घटनास्थलमा पुगेर शोकाकुल परिवारका सदस्य, स्थानीयवासी र नागरिक समाजसँग भेटघाट गरी घटनाबारे विस्तृत जानकारी लिएका हुन् ।
भेटपछि मुख्यमन्त्री सिंहले भनेका छन् ‘सप्तरी जिल्ला राजगढ–२ कमलपुर निवासी ३६ वर्षीय लालु यादवको गोली लागी भएको निधन अत्यन्त दुःखद र पीडादायी विषय हो । यो घटनापछि आज म स्वर्गीय यादवको घर र घटनास्थल पुगेर शोकाकुल परिवारका सदस्यहरू, स्थानीयवासी तथा नागरिक समाजसँग भेटघाट गरी घटनाका बारेमा विस्तृत जानकारी लिएको छु । स्वर्गीय लालु यादवप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा यस असहनीय क्षतिमा धैर्य धारण गर्ने शक्ति इश्वरले प्रदान गरुन् भन्ने हार्दिक प्रार्थना गर्दछु । यस घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान र छानबिनका कार्यहरू अगाडि बढिरहेका छन् । सत्य तथ्य छिट्टै सार्वजनिक हुनेमा पूर्ण विश्वास व्यक्त गर्दछु ।’
यादवमाथि गत साउन २० गते राति सप्तरी प्रहरीले तस्करी नियन्त्रणको नाममा पक्रेर गोली चलाउँदा मृत्यु भएको थियो ।
FACEBOOK COMMENTS