काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् ।
राष्ट्रपति पौडेललाई भेट्न प्रधानमन्त्री दाहाल आज मंगलबार बिहान शीतल निवास पुगेका थिए ।
भेटमा उनीहरूबीच देशको पछिल्लो राजनीतिक अवस्था र समसायिक विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनीत हुने एक महिला सदस्यसहित २० जना सदस्यहरुको पदावधि सकिँदैछ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट एकजना मनोनीत हुने व्यवस्था छ ।
सरकारले १९ सीटका लागि माघ ११ मा निर्वाचन गर्ने मिति तोकेको छ । यसै सन्दर्भकाबीच राष्ट्रपति र प्रधानमन्त्रीको भेट भएको हो ।
FACEBOOK COMMENTS