काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमास (चैत मसान्त) सम्ममा शिवम् सिमेन्टको नाफा ५१.१४ प्रतिशतले घटेको छ ।
कम्पनीले अघिल्लो वर्षको सोही अवधिमा कमाएको नाफाको तुलनामा यस वर्ष नाफा घटेको हो ।
कम्पनीले प्रकाशित गरेको वित्तीय अवस्थान अनुसार आव २०७९/८० को तेस्रो त्रैमाससम्म ३१ करोड ९९ लाख १७ हजार रुपैयाँ नाफा कमाएको छ ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६५ करोड ४८ लाख ५२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी २४.७५ प्रतिशतले घटेर चैत मसान्तमा ७ अर्ब २५ करोड ३३ लाख ९१ हजार रुपैयाँ आम्दानी गरेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ५ अर्ब ४५ करोड ८१ लाख ५ हजार रुपैयाँ कमाएको थियो ।
यस्तै, कम्पनीले समीक्षा अवधिमा ३४ करोड १ लाख ८८ हजार रुपैयाँ अन्य आम्दानी गरेको छ ।
४ अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ३ अर्ब ७३ करोड ५८ लाख ४३ हजार रुपैयाँ रहेको छ भने प्रतिसेयर आम्दानी ९ रुपैयाँ ६९ पैसा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ २०६ रुपैयाँ ६४ पैसा छ ।
FACEBOOK COMMENTS